आत्महत्याका घटना विकराल बन्दै

लोकपथ
0
Shares

अर्घाखाँची- पछिल्लो समय आत्महत्याको समस्या विकराल बन्दै गएको छ । यस्तै अर्घाखाँचीमा चालु आर्थिक वर्षमा ४९ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङले देखाएको छ ।सबैभन्दा बढी झुण्डीएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची जनाएको छ ।

मानसिक तनाव, प्रेम सम्बन्ध, बहुविवाह, बढ्दो प्रविधिसँगै आएको विकृति तथा घरेलु हिंसा लगायतका कारणले आत्महत्याका घटना बढेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिए ।गत आर्थिक वर्ष मा जिल्लामा ४८ जनाले आत्महत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?