काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आफूनिकट सांसदहरुको छुट्टै भेला राखेका छन् ।
बिहीवार बिहान १० बजेका लागि नेपाल-खनाल पक्षले सानेपास्थित हेरिटेज होटेलमा आफू निकटका सांसदहरुको भेलाका लागि आह्वान गरेको स्रोतले जनाएको छ ।
त्यस्तै आज नै प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा ११ बजेका लागि संसदीय दलको भेला बोलाएका छन् ।
संसदीय दलका नेता समेत रहेको प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा उपस्थित नहुने घोषणा गरेका नेपाल(खनाल पक्षले छुट्टै भेला बोलाएका हुन् ।
अध्यक्ष ओलीले आफूखुसी एकलौटी निर्णय गरेको भन्दै छलफलका लागि नेपाल-खनाल पक्षले बुधवारदेखि राष्ट्रिय कार्यकर्ता भेला गर्दै आयोजना गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया