प्रदेश २ लाई यातायात मैत्री बनाउने मुख्यमन्त्री राउतको प्रतिबद्धता

लोकपथ
0
Shares

धनुषा- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई यातायात मैत्री बनाउन आफु तयार रहेको दाबी गरेका छन् । तराई यातायात ब्यवसायी संघ, सिमरा बाराको १५ औँ बार्षिक साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार सधै यातायात ब्यवसायीहरुको साथमा रहने प्रतिबद्धता जनाए ।

उनले कर्मचारी तन्त्र सरकारमा हाबी भएका कारण प्रदेश सरकार चाहेर पनि सोचे जस्तो काम गर्न नसकेको दुखेसो गरे । प्रदेश सरकारलाई योजनाबद्ध रुपमा केन्द्र सरकारले कमजोर बनाएका कारण प्रदेश सरकार बिकासमा फड्को मार्न नसकिरहेको उनले जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?