सप्तरीमा ग्यास लिक भएर भीषण आगलागी ४ घर जलेर नष्ट

लोकपथ
0
Shares

सप्तरी- तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ५ मा आगलागी हुँदा ४ घर जलेर नष्ट भएका छन् । आगोले पोलेर एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा ७५ लाखभन्दा धेरैको धनमाल जलेर नष्ट भएको वडाअध्यक्ष राजेन्द्र साहले बताउनुभयो ।

उहाँकाअनुसार हरिकिशुन खङ्गको घरबाट आगो सुरु भएको हो । आगोमा परेर गम्भीर घाइते भएका हरिकिशुनको उपचारका लागि राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?