काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेगरी बिहीवार विहान ११ बजेका लागि संसदीय दलको बैठक आव्हान गरिएको जनाएको छ । बैठकबारे पार्टीका सबै सांसदहरुलाई जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
सचेतक भट्टराईले भने, ‘बैठकका लागि नेता माधवकुमार नेपाल पक्षका सांसदहरुलाई पनि खबर भएको छ । उनका अनुसार नेपाल पक्षका सांसदहरुले बैठकमा आउने र नआउने बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।’ यद्यपि, उनले सबै सांसदहरु बैठकमा आउने विश्वास व्यक्त गरे । आजको बैठकमा माधव–झलनाथ पक्षका सांसदहरु जाने सम्भावना भने कम रहेको छ । सो पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला आजसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया