भरत चितवनको मार्की खेलाडी, प्रशिक्षकमा केसी

लोकपथ
0
Shares

काठमाडौं । नेपाल सुपर लिगको फ्रेन्चाइज टिम एफसी चितवनमा मार्की प्लेयरको रुपमा राष्ट्रिय फुटबल टिमका फरवार्ड भरत खवास अनुबन्धित भएका छन् ।

एफसी चितवनका तर्फबाट सञ्जित ढकालले बुधवार मार्की प्लेयर भरत र प्रशिक्षक मेघराज केसीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस्तै मेघराज केसीलाई चितवनले मुख्य प्रशिक्षको रुपमा अनुबन्ध गरेको छ । सहायक प्रशिक्षकमा शैलेश कर्माचार्य रहेका छन् ।

नेपाल स्पोर्टस एण्ड ईभेन्ट म्यानेजमेन्टले पहिलो पटक आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २०७८ बैशाख ११ गतेदेखि २५ गतेसम्म हुने प्रतियोगिता राउण्ड रोबिनको आधारमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?