काठमाडौं । नेपालमा आज बुधवार थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख ७५ हजार ५१८ पुगेको छ ।
त्यस्तै आज कोरोनाका कारण ज्यान गुमाउनेको संख्या शुन्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा तीन हजार १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप ५५ जना कोरोनामुक्त हुँदा नेपालमा दुई लाख ७१ हजार ५५० जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।
हाल ९५४ जना आइशोलेशनमा र ४९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २२ लाख २४ हजार २९३ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया