शेयर बजारमा हरियाली : ६ कम्पनीको मूल्य बढेर सर्किट

काठमाडौं । केही समयदेखि लगातार घटिरहेको शेयर बजारमा बुधवार हरियाली छाएको छ ।

बुधवार शेयर बजारमा ४० अंकको सुधारसँगै २४३२.१४ बिन्दुमा पुगेर कारोबार रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ८ अंकले बढेर ४३८ विन्दुमा पुगेको छ ।

बुधवार ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १ सय ७८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज ८६ लाख २६ हजार ६ सय ६७ कित्ता शेयर किनबेच भएको छ । बुधबार १३ वटै उपसमूहमा रहेका कम्पनीहरुको कारोबारमा वृद्धि भएको छ । आज कुनै पनि कम्पनीको कारोबार नकारात्मक छैन् । आज सबैभन्दा बढी होटल तथा पर्यटन उप समूहको कारोबार बढेको छ । यस उपसमूहको कारोबार ४.२६ प्रतिशतले बढेको छ ।

सबै भन्दा कम म्युचुअल फण्डको ०.७८ प्रतिशतले कारोबार बढेको नेप्सेले जनाएको छ ।

बुधवार ६ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेर सर्किट लागेको छ । त्यसमध्ये चन्द्रागिरी हिल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै,जोशी हाइड्रोपावर, युनाइटेड इदीमार्दी हाइड्रोपावर,ग्रीन लाइफ हाइड्रोपावर,पञ्चकन्या माइ हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको सेयर मूल्य पनि १०÷१० प्रतिशतले बढेको छ । यस्तै,निफ्राको २० करोड रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । त्यस्तै,नेपाल लाइफको १८ करोड, एचआइडिसिएलको १६ करोड, माथिल्लो तामाकोशीको १४ करोड र नेपाल टेलिकमको करिब १२ करोड रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?