धनगढी । कैलालीमा एक युवक मृत भेटिएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित फाप्ला खेल मैदान नजिकै युवक मृत अवस्थामा भेटिएका हुन्।
मृत भेटिएका युवक धनगढी -३ कै स्थानीय रहेको खुलेको छ। सोही ठाउँका १८ वर्षीय हेमन्त पडाल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव रुखमा झुन्डिएको अवस्थामा भेटिएको थियो।
प्रहरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया