ललितपुर – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज (बुधवार) देखि राजधानीमा शुरू भएको छ।
ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा राखिएको भेलालाई कम्युनिष्ट आन्दोलनका अग्रजहरुले पनि साथ दिएका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–खनाल पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल–नेपाल पक्षले कार्यकर्ता भेलाको आयोजना गरेका हुन्।
भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले गत फागुन २८ गते प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले गरेको एकलौटी निर्णय मान्य नहुने बताएका छन् । यस्तै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई धरासायी बनाएको आरोप लगाएका छन्।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीमा एकलौटी गरेको भन्दै समानान्तर गतिबिधि सुरु गरेको नेकपा–एमालेभित्रको ओलीइतर खेमाले आफ्नो आगामी कार्ययोजना समेत तय गरेको छ।
भेलामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा बुँदे योजना उल्लेख गरिएको छ। जस अन्तर्गत नेकपा एमाले र कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने, २०७५ जेष्ठ २ गतेलाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनको पुनर्स्थापना गर्ने, विधिविधानको पुनर्स्थापना र विकास गर्ने, नवौ महाधिवेशनको कार्यदिशाको स्थापना गर्ने, नवौँ महाधिवेशनपछि उत्पन्न भएका सबै विवादको विधिसम्मत समाधान गर्ने उल्लेख छन् ।
यस्तै आगामी दिनमा कम्युनिष्ट पार्टीको विजयको तयारी गर्ने, ओलीका गल्तीका कारण उनले राजीनामा गर्नुपर्ने, कार्यवाहक नेतृत्वको तयारी गर्ने, गुटका निर्णयहरु खारेज गर्ने, पुर्वावस्थामा फर्काउने र जेष्ठ २ गतेको अवस्थामा लैजानेलगायत रहेका छन्।
भेला भोलिसम्म चल्नेछ।
हेर्नुहोस फोटोमा :













फोटो: दिपक विक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया