काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
झापा जिल्ला गौरादह नगरपालिका वडा नं १ भई हाल काठमाडौं महानगर पालिका वडा नं-४ बस्ने ५१ वर्षीय उपेन्द्र प्रसाद ढुङ्गाना पक्राउ परेका हुन् ।
ढुङ्गानालाई हिजो मंगलवार प्रहरीले पक्राउ गरेको हो । उर्मिला कँडेलले दिएको जाहेरीले दर्ता भएको बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको मिति २०७७/१०/०५ गतेको फैसला बमोजिम १ महिना कैद र एक करोड पचासी लाख रुपौयाँ जरिवाना हुने ठहर भई निज फरार रहेका थिए ।
फरार रहेका ढुङ्गानालाई प्रहरीले खोजी गर्ने क्रममा धुम्बाराही काठमाडौंमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
उपेन्द्रले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी प्रभु बैंक लिमिटेड, शाखा कार्यालय सुकेधारामा रहेको निजको नामको खाताबाट भुक्तान हुने गरी चेक काटी पिडींत जाहेरवाला उर्मिला कँडेललाई दिएकोमा बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट निजको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला भएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया