काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई धरासायी बनाएको आरोप लगाएका छन् ।
एमाले नेपाल-खनाल पक्षले सानेपास्थित होटल हेरिटेजमा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले अहिले कम्युनिष्ट आन्दोलन धरासायी भएको र त्यसको जिम्मेवार ओली रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले पछिल्लो समय पार्टीमा भइरहेको लडाइ अरुको नभएर शिद्धान्त विधि र विधान जोगाउने लडाई भएको दाबी गरेका छन् । त्यस्तै नेकपा एमाले पूर्ववत् रुपमा फर्किएसँगै केपी शर्मा केपी शर्मा ओली लगायत सबै एमालेमा आएको बताए ।
‘यो लडाई अरुको लडाई होइन् । यो लडाई शिदान्त, विधि र विधानको लडाई हो । नेता नेपालले भने( केपी ओली पनि एमालेमा आएका हुन् । हामी सबै एमालेमा आएका हौँ ।’ नेता नेपालले भने ।
नेता नेपालले भने, ‘पार्टी एकिकरण भएपछि राम्रो हुने आशा गरिएपनि पहिलो गाँसमै ढुंगा लागेको बताएका छन् । नेकपा भएपछि त पार्टी राम्रो होला भनेको पहिलो गाँस ढुङ्गा सबित भयो ।’
आफूहरुले गरेको भेला गुटको भेला नभइ कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउनका लागि भएको दाबी गरेका छन् । ‘यो भेला पार्टीलाई एकतावद्ध गर्नका लागि हो । कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउनका लागि हो । पार्टीका भेला सकारात्मक सुरुवातका लागि गरिएको हो ।’ नेता नेपालले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया