सलमान खानलाई जोन अब्राहिमले दिए कडा चुनौती, बक्स अफिसमा तहल्का मच्चिने अनुमान

लोकपथ
0
Shares

काठमाडौं । इद पर्वमा जोन अब्राहिमले अभिनय गरेको ‘सत्यमेव जयते २’ रिलिज हुने भएको छ ।

नायक सलमान खानलाई नायक जोन अब्राहिमले कडा चुनौती दिएका हुन् । किनभने इद भन्ने वित्तिकै सलमान खानसँग जोडिने गरेको छ । प्रत्यक वर्ष इदमा सलमान खानको चलचित्र रिलिज हुने गरेका छन् । जोनले अभिनय गरेको ‘सत्यमेव जयते २’ पनि इदमा रिलिज हुने भएको छ ।

‘सत्यमेव जयते २’ चलचित्र अब मेको १३ तारिखबाट रिलिज हुने भएको छ । चलचित्रको सार्वजनिक नयाँ पोष्टरमा जोनलाई दोहोरो भूमिकामा देखाइएको छ । यसले दर्शकमा झनै उत्सुकता थपेको छ । यो चलचित्रलाई मिलाप मिलन जाभेरीले निर्देशन गरेका हुन् ।

नायक सलमान खानको ‘राधे’पनि इदमा रिलिज हुने भएको छ । सलमान खानको फिल्मलाई प्रभु देवाले निर्देशन गरेका हुन् । बक्स अफिसमा जोन र सलमानको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?