काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की नेतृ अष्टलक्ष्मी शाक्यले नेपाल-खनाल पक्षले गरेको भेला गुटको भेला नभएको स्पष्ट पारेकी छिन् ।
बुधवार नेकपा नेपाल(खनाल पक्षले ललितपुर सानेपा हाइटस्थित हेरिटेज होटलमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले उक्त भेला कुनै गुटको भेला नभएको बताएकी छिन् ।
‘भेलामा जानेलाई कारवाही गर्ने भनेर चेतवनी दिइयो । यो पार्टीको भेला हो गुट को होइन ढुक्क भएर बस्नुस ।’ नेतृ शाक्यले भनिन् ।
त्यस्तै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल(खनाल पक्षको भेलालाई विधान विपरित भन्दै गर्दा फागुन २८ गते गरेको निर्णय विधान अनुसार छ भन्दै प्रश्न गरेकी छिन् । ‘ओलीलाई अनुरोध । तपाईले २८ गतेको भेला महसचिव अध्यक्ष बाहेक सबै हटाउने निर्णय विधान सम्मत छ ?’ उनले भनिन् ।
त्यस्तै ओलीले फागुन २८ गते गरेका निर्णयहरु फिर्ता लिएर भेलामा आउनका लागि आग्रह गरेकी छिन् । ‘त्यो निर्णय फिर्ता लिएर यो भेलामा आउनुस् ।’ उनले भनिन् ।
त्यस्तै पार्टीलाई कसरी अगाडि बढाउने भन्ने मत जम्मा गर्नका लागि आयोजना गरिएको भेला भएकाले आफ्ना महत्वपूर्ण विचारहरु राख्नका लागि समेत आग्रह गरेकी छिन् ।
त्यस्तै प्रधानमन्त्री ओलीले अदालतको फैसलापछि राजीनामा नदिएकाले नैतिकता स्पष्ट भइसकेको बताइन् ।
‘तपाईमा नैतिकता कति छ भन्ने कुरा अदलतको फैसलापछी पनि रजिनमा नदिनुले क्लियर भयो ।’ उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया