उर्वशीले सेयर गरिन् विराटले चिया पकाइरहेको तस्वीर, भन्छिन्- मलाई डर लागिरहेको छ !

लोकपथ
0
Shares

काठमाडौं । भारतीय क्रिकेट टमिका कप्तान विराट कोहलीले आफ्नो ब्याटिङले सबैलाई प्रभावित पार्ने गरेका छन् । क्रिकेट बाहेक उनी अन्य क्षेत्रमा रुची देखाउछन् । हालै मात्र बिराटको चिया पकाइरहेको तस्वीरले सामाजिक सञ्जालमा निक्कै चर्चा पाइरहेको छ ।

अभिनेत्री उर्वशी रौतेलाकी आमाले उर्वशीलाई ह्वास्एपमा उक्त फोटो पठाएपछि उर्वशीले उक्त तस्वीर आफ्नो इन्स्ट्राग्राममा उक्त तस्वीर सेयर गरेकी हुन् ।

अभिनेत्री उर्वशी रौतेलाले आफ्नो इन्स्ट्राग्राममा उक्त तस्वीर सेयर गर्दै लेखेकी छिन् “मलाई सबैको सहयोग चाहियो । आमाले मलाइ यो तस्वीर पठाँउनु भयो । उहाँ के चाहानुहुन्छ ? म के गरँ ? यसको मनसाय के हो ? मलाई डर लागिरहेको छ ।”

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?