काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरु भएको छ ।
ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा शुरु भएको भेलामा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी गरेका निर्णयविरुद्ध छलफल गर्ने जनाइएको छ ।
उक्त भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने, टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
स्रोतले दिएको जानकारी अनुसार भेलाले सर्वोच्च अदालतले पूर्ववत् रुपमा एमालेलाई फर्काइदिएपछि पार्टीको हालसम्म गरेका क्रियाकलाप तथा गतिविधि समेटिएको कार्यसूची समेत जारी गर्नेछ ।
भेलामा देशभरबाट २ हजार नेता कार्यकर्ताहरु सहभागी हुने अनुमान गरिएको छ ।
तर एमालेको अध्यक्ष पक्षले भने उक्त भेलालाई अवैधानिक रहेको भन्दै आपत्ति जनाएको छ । मंगलवार विज्ञप्ति जारी गर्दै एमालेका महासचिव ईश्वर पोखरेलले उक्त भेलामा सहभागी नहुन र सहभागी भएमा कारबाही गर्ने समेत चेतावनी दिएका छन् ।
नेपाल(खनाल पक्षको भेला चैत ४ र ५ गते (आज र भोलि) चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया