बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य सामान्य वृद्धि भएको छ । सुनको मुल्य तोलामा ३ सयले बढेको हो ।

हिजो (मंगलवार) तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधवार बढेर तोलामा ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ८६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

आज बुधवार चाँदीको मुल्य प्रतितोला १२ सय ७० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?