नक्कली आधार कार्ड देखाउँदै हैदराबाद उड्न लागेका दुई चिनियाँ पक्राउ

काठमाडौं । बाग्डोग्रा एयरपोर्टबाट आज दुई जना चिनियाँ नागरिक पक्राऊ परेका छन् । नक्कली आधार कार्डसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु चीनबाट काठमाडौं आएका थिए । काठमाडौंबाट डोमेस्टीक उडानद्वारा उनीहरु भद्रपुर पुगेका थिए । भद्रपुर पुगेका उनीहरु नक्कली आधार कार्ड देखाएर भारत प्रवेश गरेका थिए ।

हैदराबादको लागि उडान भर्न लागेका बेला शंका लागेर सिआईएसएफले उनलाई पक्राउ गरेको हो ।

उनीहरुको अवस्था हेर्दा धेरै भारतीयहरुसँग सम्पर्क हुने गरेको प्रहरीले जनाएको छ । साथै थप अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?