बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्राको मूल्य कति ? (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारको लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३९ पैसा रहेको छ । त्यस्तै हिजो मंगलवार अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११६ रुपैयाँ २६ पैसा रहेको थियो ।

बुधवार एक यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ २२ पैसा १३८ रुपैयाँ ९३ पैसा कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८० पैसा र बिक्रीदर ३१ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?