किम जोङ उनकी बहिनीले दिइन् अमेरिकालाई धम्की

लोकपथ
0
Shares

काठमाडौं- उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनीले अमेरिकलाई धम्की दिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आफ्नो कोरिया नीति सार्वजनिक गर्न उनले माग गरेकी छन् । किम यो जोङले अमेरिकाले आफ्नो भूमिमा बारुदको गन्ध फैलाउन खोजेको आरोप लगाउँदै यो अस्थिरताको कारक बन्न सक्ने चेतावनी दिएकी हुन् ।

अमेरिकाले दक्षिण कोरियासँग संयुक्त अभ्यास गरेर उत्तर कोरियमाथि हमलाको प्रयास गरेको उनको दाबी रहेको छ । अमेरिकाले उत्तर कोरियामा माथि हमलाको प्रयास गरेपनि त्यसलाई सफल हुन नदिने उनले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?