काठमाडौं- नेकपा एमालेका वरिष्ट नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पूर्वनिर्धारित राष्ट्रिय भेला तोकिएको स्थान र समयमा हुने जनाएका छन् । संस्थापन पक्षले पार्टीको तर्फबाट कुनै भेला नराखेको भनेर विज्ञप्ति जारी गरेपनि उनले ओली समूहलाई ‘छुलिया ग्यांङ’ को संज्ञा दिँदै भ्रममा नपर्न अपील समेत गरेका छन् ।
छुलिया ग्यांङको कुप्रचारको भ्रममा नपर्नु होला । नेकपा एमालेको आज र भोलिको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुनेछ । उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । खनाल–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीविरुद्ध ललितपुरमा राष्ट्रिय भेलाको आयोजना गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया