काठमाडौं- फागुन १४ गतेदेखि मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराई रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको अवस्था गम्भीर बन्दै गएको छ । अस्पतालले अहिले भर्खरै विज्ञप्ति जारी गर्दै नेता जोशीको अवस्था एकदमै चिन्ताजनक भएता पनि हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको उल्लेख गरेको छ ।
फागुन १३ गते राती स्वास्थ्यमा समस्या भएपछि जोशीलाई वीर अस्पतालमा परिक्षण गर्दा मस्तिष्कमा रगत जमेको देखिएको थियो । वीरले नर्भिकलाई रेफर गरेपछि १४ गतेदेखि जोशीको त्यहाँ उपचार भइरहेको छ ।
केही दिनको उपचारपछि उहांको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । अस्पतालले भनेको छ, ‘तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया