२२ जेष्ठ २०८०, सोमवार

शक्तिपीठहरूमा दर्शनार्थीको भीड

२०७४,आश्विन,१९,बिहीवार ०७:०१

0
Shares

पोखरा, १९ असोज ।दशैँको अन्तिम दिन आज पोखरा र आसपासका शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)का दिनदेखि कोजाग्रत पूर्णिमासम्म पोखरा र आसपासका शक्तिपीठहरू बिन्ध्यवासिनी, भद्रकाली, शोभा भगवती, भरतपोखरीको कोटभैरव, तनहुँका ढोरबाराही, छब्दी बाराही, अकलादेवी र स्याङ्जाको शतौँ चण्डी मन्दिरमा विशेष पूजाआजा हुन्छ ।पोखराको तालबाराही मन्दिरमा कोजाग्रत पूर्णिमाका अवसरमा आज मेला लागेको तालबाराही मन्दिर संरक्षण/गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मत कुँवरले जानकारी दिए ।तनहुँको ढोरफिर्दीस्थित ढोरबराह मन्दिरमा यस अवधिभर टाढाटाढाबाट दर्शनार्थी आउने गरेको दुलेगौडास्थित बालविद्या माध्यमिक विद्यालयका शिक्षक प्रकाश भट्टराईले बताए ।उनका अनुसार प्रत्येक आधा घण्टामा रहस्यात्मक लहरी चल्ने पहराको बीच भागमा अवस्थित ढोरबराह मन्दिर धार्मिक एवम् पर्यटकीय आकर्षक गन्तव्य बन्दै गएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार ०७:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१