काठमाडौं । म्याग्दीमा हाईड्रोपावरमा ब्लास्टिङ्ग गर्दा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ ।
अन्नपुर्ण गाउँपालिका ४ छापस्थित निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्गको क्रममा ढुंगा उछिटिएर लाग्दा सोही हाईड्रोपावरमा काम गर्ने रोल्पा घर भएका २० वर्षीय मिलन मगरको हिजो (सोमवार) बेलुका मृत्यु भएको हो ।
ढुंगा उछिटिएर लाग्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया