१० प्रतिशतले बढ्यो रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनासम्म रेमिट्यान्स(विप्रेषण) १०.९ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको माघ महिनासम्मको वर्तमान आर्थिक अवस्थाले रेमिट्यान्स वृद्धि भएको देखाएको हो ।

यस अवधीसम्म ५ खर्ब ६७ अर्ब ७० करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।

त्यस्तै,यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपाल अवधिमा ६७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?