अलैँची र चियाको समस्या सुल्झाउन सञ्जाल गठन

आठराई, तेह्रथुम, १९ असोज ।तेह्रथुमको विभिन्न क्षेत्रमा उत्पादन हुने अलैँची र चियासँग सम्बन्धित समस्या समाधानका लागि सञ्जाल गठन भएको छ । अलैँची र चियाका समस्या बहस तथा पैरवी गरी समाधान गर्न सार्वजनिक निजी साझेदारी सञ्जाल गठन भएको हो ।सञ्जालले अलैँची र चियासँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय, किसान, व्यवसायी र सञ्चारकर्मीसमेत सम्मिलित सञ्जालले श्रमिकका अधिकार, बाल श्रमिक, पारिश्रमिक, वातावरणीय प्रभाव र सामाजिक उत्तरदायित्व जस्ता विषयमा पैरवी गर्नेछ । किसान र व्यवसायीबीचको सम्बन्धलाई सुमधुर बनाई उत्पादित सामानको बजारीकरणमा समेत सहयोग पु¥याउने सञ्जालले लक्ष्य लिएको जनाइएको छ ।उन्नति परियोजनाको सहयोग तथा विश्व परिदृश्य वकालत मञ्चको सहजीकरणमा गठित सञ्जालको संयोजकमा स्थानीय अलैँची व्यवसायी तुलसीप्रसाद ढकाल र चिया उद्यमी दिलकुमारी लिम्बू सचिव रहेका छन ।जिल्लामा भने चिया, अलैँचीका साथै अदुवा, दूध, अम्लिसोलगायत अन्य नगदेबाली पनि उत्पादन हुने गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?