मंगलवार शेयर बजारमा झिनो सुधार : केही कम्पनीहरुको कारोबार बढ्यो

काठमाडौं । केही समयदेखि लगातार गिरावट आएको शेयर बजारमा मंगलावार केही सुधार आएको छ ।

मंगलवार नेपाल स्टक एक्चेन्ज(नेप्से) २.५६ अंकले वृद्धि भई २३९१.७४ मा पुगेर रोकिएको छ । यस अवधीमा ३ अर्ब ३७ करोड भन्दा बढीको कारोबार भएको छ भने ९० लाख १२ हजार ८ सय ५३ कित्ता शेयर किनबेच भएको छ ।

समूहगत परिसूचक मध्ये १३ समूहको कारोबार भएकोमा ७ समूहको परिसूचक सकारात्मक रहेका छन् भने बाँकी ६ समूहको परिसूचक घटेका छन् । नेप्सेका अनुसार व्यापार, जलविद्युत र अन्य समूहको परिसूचक १ प्रतिशत भन्दा बढीले घटेका छन भने विकाश बैंक, निर्जीवन बीमा, र म्यूचल फन्ड समूहको परिसूचक १ प्रतिशत भन्दा थोरैले घटेको देखिएको छ ।

त्यस्तै,होटल र पर्यटन समूहको परिसूचक ३.३६ प्रतिशतले बढेको छ भने जीवन बीमा समूहको परिसूचक १ दशमलव ४६ प्रतिशतले बढेको छ । बाँकी ५ समूहको परिसूचक भने १ प्रतिशत भन्दा थोरैले बढेको नेप्कसेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?