कर्णालीमा बेपत्ता रजनीको शव ९ दिनपछि फेला

काठमाडौं । कर्णाली नदिमा हराइरहेका दैलेख आठबीस नगरपालिकाका एकै परिवारका ५ जनामध्ये बेपत्ता रहेकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ । घटनाको नौ दिन पछि आज मंगलवार दिउँसो रजनीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले बताए ।

शव अछाम जिल्लाको अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदी किनारमा भेटिएको डिएसपी श्रेष्ठले बताए । शव पोष्टमार्टमका लागि अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा लगिएको छ । खोला किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलकी सुकी बडुवाल फागुन २३ गते बिहान तीन छोरी र एक छोरा लिएर घरबाट आफ्नो माइत जान हिँडेकी थिइन् । घरबाट हिँडेपनि माइतमा नगएपछि आफन्तले उनीहरुको खोजतलास गरेका थिए ।
फागुन २४ गते छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको र भोलिपल्ट सुकी र उनका छोरा १० वर्षीया ललितको शव कर्णाली नदीमा भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?