राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेपाल-खनाल नजाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल नजाने भएका छन् ।

मंगलवार अपरान्हका लागि राष्ट्रपति भण्डारीले बोलाएको सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्रीद्वय नेपाल र खनाल अनुपस्थित हुने भएका हुन् ।

राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरु समेतलाई सर्वदलीय बैठकमा बोलाएकी छिन् ।

नेता नेपाल र खनालले भोलि र पर्सी (चैत ४ र ५) गते काठमाडौंमा गर्न लागेको कार्यकर्ता भेलाको तयारीमा व्यस्त रहेका कारण सर्वदलीय बैठकमा उपस्थित हुन नसक्ने बताएका छन् ।

त्यस्तै पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सर्वदलीय बैठकमा जाने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?