काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराइले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट आफूहरु पछि नहट्ने बताएका छन ।
माधवकुमार नेपाल समूहका प्रचार विभाग प्रमुख समेत रहेका भट्टराइले ओलीलाई धम्कीको भाषा नबोल्न चेनावनी दिएका छन् । नेपाल समूहले बुधवार आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन आज दिउँसो काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराइले आफूहरु कारबाही भोग्नको लागि तयार रहेको समेत बताए ।
ओली पक्षले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले भोलि र पर्सीको नेपाल समूहको राष्ट्रिय भेलामा सहभागी हुनेलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।
उता नेता भट्टराइले अध्यक्ष ओलीलाई कार्यकर्ता भेलामा प्रमुख अतिथिका रुपमा ओलीलाई सहभागी हुन आग्रह समेत गरे । भट्टराइले कारबाहीबाट पार्टी अगाडि नबढ्ने भन्दै कारबाहीको कुरा ओलीको अहंकारपूर्ण भनाई रहेको बताए । ओलीलाई धम्कीका भाषाको सट्टा संयमका साथ अघि बढ्न भट्टराइको सुझाव छ । नेपाल पक्षले चैत ४ र ५ गते आफू पक्षीय कार्यकर्ताहरुको राष्ट्रिय भेलाको आयोजना गर्दैछ । भेलामा दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया