काठमाडौं । नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता समीकरणले मुर्त रुप पाउने बताएका छन् ।
मंगलवार नेकपा(माओवादी केन्द्र) को संसदीय दलको बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत्र ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र जसपा, नेपाल बीचको सत्ता समीकरणले मुर्त रुप पाउने बताएका हुन् ।
तीन दलबिच गठबन्धन हुने दाबी गर्दै उनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलन गरिएका कारण तीन दलिय गठबन्धन प्राकृतिक हुने पनि बताए । उनले भने – ‘५ गते जसपाको बैठक छ । उहाँहरुको त्यो बैठक पछि यो सत्ता समिकरणले मुर्त रुप पाउँछ । माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको बिचमा गठबन्धन बन्छ किनपनि भन्दा हामी सबैले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक हो । यसलाई सच्याउनुपर्छ भनेर एकै ठाउँमा उभिएर त्यसबारेमा एउटै धारणा बनाएको सन्दर्भमा, आ–आफ्नो ढंगले आन्दोलन गरेको सन्दर्भमा र संसद पुर्नस्थापना भइसकेको सन्दर्भमा यो एउटा प्राकृतिक गठबन्धन पनि हो ।’
नेता पुनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमिसकेको पनि बताए।
यो पनि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया