एमालेमा गएका नेताहरुलाई फर्काउने छलफलमा माओवादी केन्द्र, बनायो तीन सदस्यीय कार्यदल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले एमालेमा गएका नेताहरु फर्काउनेबारे छलफल गर्ने भएको छ ।

माओवादी केन्द्रको मंगलवार बसेको संसदीय दलको बैठकले एमालेमा गएका नेताहरुलाई फर्काउनेबारे छलफल गर्न तीन सदस्यीय टोली गठन गरेको छ ।

उक्त कार्यदलमा नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुन रहेका छन् ।

तत्कालिन नेकपाको आधिकारिकता ऋषी कट्टेललाई दिएपछि पूर्व माओवादीका धेरै नेताहरु एमालेमा नै बस्ने निर्णय गरेका थिए । तर माओवादी केन्द्रले पार्टी पूर्ववत् रुपमा फर्किएपछि माओवादी केन्द्रमा नै फर्किनका लागि आग्रह गरेपनि फर्किएका छैनन् ।

त्यस्तै नेताहरुलाई माओवादी केन्द्रमा फर्काउनका लागि पत्र समेत पठाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?