पार्टीको धारणा स्पष्ट गर्न जसपाको बैठक जारी

काठमाडौं- देशको समसामयीक राजनीतिक अवस्थाको बारेमा आफ्नो पार्टीको धारणा स्पष्ट गर्न जनता समाजवादी पार्टी नेपालको बैठक जारी रहेको छ ।

सत्तासमिकरणको बारेमा देशमा भइरहेका चर्चाको कन्द्रविन्दुमा रहेको जसपा नेपालले आफ्नो दिशा स्पष्ट गर्नका लागि सोमवारदेखि पदाधिकारीको बैठकमा छलफल गरिरहेको छ । सत्ता समिकरणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रलाई सहयोग गर्ने कि केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेलाई सहयोग गर्ने भन्ने विषयमा जसपा नेपाल अलमल रहेको छ।

सत्ता समीकरणका लागि यतिवेला जसपा निर्णायक दल बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?