काठमाडौं । शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ ।
मंगलवार (आज) दिउँसो १ बजे शुरु भएको बैठकमा सांसद दिनेशचन्द्र यादवको निधनमा दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्दै स्थगित गरिएको हो ।
प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटाले शोक प्रस्ताव पारित गर्दै आगामी बैठक चैत ६ गते बस्ने जानकारी गराएका छन् ।
प्रतिनिधि सभा पुनर्स्थापनापछि फागुन २३ गते संसदको पहिलो बैठक बोलाइएको थियो । तर कांग्रेस र जसपाको अवरोधपछि फागुन २६ गतेका लागि बैठक बोलाइएको थियो । २६ गतेको बैठक पनि शोक प्रस्ताव पारित गर्दै आजसम्मका लागि स्थगित गरिएको थियो ।
यो पनि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया