काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आयोजना गरेको कार्यकर्ता भेलामा उपस्थित नहुनका लागि नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवासमा ओली पक्षले गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकताको पक्षमा लाग्न भन्दै भोलिको भेलामा नजान आग्रह गरेका हुन् ।
‘एमालेको नाममा भोलि भेलाको आयोजना गरेको भन्ने सुन्दैछु । नेकपा एमालेसँग आवद्ध नेता कार्यकर्ताहरुलाई उक्त भेलामा नजान तमाम कार्यकर्ताहरुमा अनुरोध गर्दछु ।’ प्रधानमन्त्री ओलीले भने- ‘पार्टी एकताको पक्षमा लाग्नका लागि म नेता कार्यकर्ताहरुलाई उपस्थित नहुनको लागि आग्रह गर्दछु ।’
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल तथा नेता वामदेव गौतम लगायतका नेताहरु चियापानमा उपस्थित नभएको भन्दै ओलीले आफूले बोलाउँदा नआएपछि कता जान्छन् भन्दै व्यंग्य गरेका छन् ।
‘एकथरी अनुहारका साथीहरु चियापनमा देखिनुभएन । पार्टी अध्यक्षको निम्तामा नजाने कसको निम्तामा जानु हुन्न भने कस्कोमा जानुहोला । सबैलाई थाहा छ म भन्दिन ।’ प्रधानमन्त्री ओलीले भने ।
त्यस्तै आफूहरुले पार्टी एकताका लागि ठूलो छाति लिएर अघि भन्दै असन्तुष्ट पक्षहरुलाई मिल्न आउनका लागि आग्रह समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया