काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनका धरोहर तथा प्राध्यापक माणिकलाल श्रेष्ठको निधन भएको छ ।
प्राध्यापक श्रेष्ठको ८९ वर्षको उमेरमा मंगलवार निधन भएको हो ।
यसै क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राध्यापक माणिकलाल श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष प्रचण्डले प्राध्यापक श्रेष्ठको निधनले नेपालको सिंगो वामपन्थी आन्दोलनमा अपूरणीय क्षति पुगेको बताएका छन् ।
‘नेपालको कम्युनिष्ट आन्दोलनका धरोहर तथा प्राध्यापक माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा भएको निधनको खबरले हामीलाई स्तव्ध बनाएको छ । प्राध्यापक श्रेष्ठको निधनले नेपालको सिंगो वामपन्थी आन्दोलनमा अपूरणीय क्षति पुगेको छ ।’ अध्यक्ष प्रचण्डले भने ।
साथै शोक सन्तप्त परिवारजन तथा आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया