स्कुटरको डिक्कीबाटै २८ लाख रूपैयाँ चोरी

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौंमा स्कुटरको डिक्कीबाट २८ लाख ५० हजार रूपैयाँ नगद चोरी भएको छ । काठमाडौं नागार्जुन नगरपालिका १ घर भएका ५२ वर्षीय नवराज अधिकारीको बा ६० प ९३०४ नम्बरको स्कुटरको डिक्कीमा रहेको विभिन्न बैंकबाट निकाली ल्याएको नगद २८ लाख ५० हजार रूपैयाँ हिजो (सोमवार) बेलुकी चोरी भएको हो ।

डिक्कीमा राखी कामको सिलसिलामा चक्रपथ, सोह्रखुट्टे, असन हुँदै समाखुसीस्थित साथीको घरमा गई डिक्की खोली हेर्दा रकम चोरी भएको थाहा हुन आएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न फरार ब्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?