प्रधानमन्त्रीको सरकारी निवासमा एमालेको चियापान, पत्रकारलाई ‘नो इन्ट्री’ (तस्वीरमा हेर्नुहोस्)

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहिबेरमा नेकपा एमालेको चियापान शुरु हुँदैछ ।

बिहान ११ बजेका लागि भनिएको चियापान केही ढिला गरी शुरु हुन लागेको छ । चियापानको लागि आमन्त्रण गरिएका एमालेका नेता, मन्त्री, सांसद र समाचार संकलनको लागि पत्रकारहरु बालुवाटार पुगेका छन् । आजजाउ चलेका कारण बालुवाटार हाई अलर्टमा छ ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले आह्वान गरेको चियापान समारोहमा गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना लगायतका मन्त्रीहरुसहित सांसदहरु बालुवाटारमा प्रवेश गरिसकेका छन् ।

तर आज (मंगलवार) पनि उक्त चियापान कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्रवेश निषेध गरिएको छ । चियापानको समाचार संकलनका लागि विभिन्न सञ्चारगृहबाट गएका सञ्चारकर्मीहरु बालुवाटार परिसरमा नै रोकिएका छन् । यसो त आज मात्रै बालुवाटारले यस्तो रेस्पोन्स गरेको भने होइन । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा बालुवाटारमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुको रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीहरुलाई गेटमै रोकिदिने बालुवाटारले चलन नै बसाएको छ । त्यसो त ओलीको हठी स्वभावबाट चिढिएर पार्टी करिब करिब विभाजनमा लगिसकेका माधवकुमार नेपाल र झलनाथ खनालले पार्टीको आन्तरिक काम कारबाही र कार्यक्रम पार्टी कार्यलय धुम्बाराहीबाटै हुनुपर्ने माग धेरै अघिदेखि उठान गरेका छन् । मिडियाहरुले यहि कुरालाई स्पेस दिएका कारण बालुवाटार पत्रकारहरुसँग रुष्ट भएको हुनसक्छ ।

हुन त प्रधानमन्त्री ओलीमाथि व्यक्तिगत कार्यक्रमहरु समेत सरकारी निवासमा गरेको भन्ने आरोप लाग्दै आएको छ ।

तस्वीरहरु हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?