आज कति छ सुनचाँदीको बजारभाउ ?

काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलवार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।

यसैबीच मंगलवार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढेको छ । सोमवार चाँदी तोलामा १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । भने मंगलवार ५ बढेर तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?