जसपाले बोलायो पदाधिकारी बैठक

काठमाडौं ।आज (मंगलवार) जनता समाजवादि पार्टी (जसपा) को पदाधिकारी बैठक बस्ने भएको छ । बैठक दिउँसो दुई बजे बबरमहलस्थित पार्टी कार्यालयमा बस्न लागेको हो ।

पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्ने विषयमा छलफल हुने जसपाका एक नेताले जानकारी दिएका छन् । जसपाको बिहीवार बस्न लागेको कार्यकारिणी परिषदको बैठकमा संगठनात्मक खाका प्रस्तुत गर्ने तयारी रहेकाले आजको बैठक बस्न लागेको ।

त्यस्तै, नयाँ सत्ता समीकरणमा जसपा निर्णायक भूमिकामा छ । बैठकमा सत्ता समीकरणको विषयमा पनि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?