माधवकुमार नेपाल पक्षको कार्यकर्ता भेलाप्रति सुर्य थापाको कटाक्ष : एमाले समाप्त पार्ने षडयन्त्र !

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पूर्ववत् रुपमा फर्काइदिएपछि नेकपा एमालेभित्र विवाद बढेको छ ।

नेताहरु एक अर्काको आरोप प्रत्यारोप र छुट्टा-छुट्टै गुटगत भेलाहरुमा सक्रिय हुन थालेका छन् ।

यसैक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आयोजना गरेको कार्यकर्ता भेलाप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले रमिता कि गाइजात्रा ? भन्दै आलोचना गरेका छन् ।

वरिष्ठ नेता नेपाल पक्षले चैत ४ र ५ गते काठमाडौंको सानेपामा बृहत कार्यक्रम आयोजना गरेको छ ।

सामाजिक सञ्जालमा लेख्दै थापाले उक्त भेलालाई आफ्नो निहित स्वार्थका लागि एमाले समाप्त पार्न चाहनेहरुको उक्साहट र षडयन्त्र भएको आरोप लगाएका छन् । ‘आफ्नो निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूको उक्साहट र षडयन्त्र हो ।’ उनले भने ।

थापाले आफ्नै सरकारलाई पाँच वर्ष चल्न नदिने जनविरोधी, अनैतिक र विभाजनकारी कृत्यको मञ्चन गरेको भन्दै कटाक्ष गरेका छन् । ‘पार्टीको सरकार पाँच बर्ष चल्नै नदिने कसम खाएर केही व्यक्तिहरूको नेतृत्वमा भइरहेका जनविरोधी, अनैतिक र विभाजनकारी कृत्यको मञ्चन मात्र हो ।’ उनले भने ।

नेपाल पक्षलाई विभाजन र बिखण्डनकारी तथा एकताविरोधी हर्कतहरूप्रति सचेत र सावधान हुँदै नेकपा (एमाले) र सूर्य चिन्हको पक्षमा स्पष्ट र एकजुट भएर अघि बढ्नका लागि आग्रह समेत गरेका छन् ।

सुर्य थापाको सामाजिक सञ्जालबाट
शहरमा “विधि र पद्धति”काे
रमिता कि गाइजात्रा ?
नेकपा (एमाले)काे नाममा सानेपास्थित महङ्गो हेरिटेज गार्डेनमा आयाेजना गर्ने भनिएकाे कथित गुटगत भेला-
१. खासमा प्रचण्डकाे निर्देशन र हाेमवर्कबमाेजिमकाे मेला, राम र रमिता हाे !
२. यसलाई चैत महिनामा प्रदर्शित गाइजात्रा पनि भन्न सकिन्छ ।
३. आफ्नाे निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूकाे उक्साहट र षडयन्त्र हाे ।
४. याे केवल यसका नेतृत्वकर्ताहरूकाे कुण्ठा र द्वेय प्रदर्शन मात्रै हाे ।
५. पार्टीकाे सरकार पाँच बर्ष चल्नै नदिने कसम खाएर केही व्यक्तिहरूकाे नेतृत्वमा भइरहेका जनविरोधी, अनैतिक र विभाजनकारी कृत्यकाे मञ्चन मात्र हाे ।
६. याे “विधि र पद्धति”काे दुहाई दिंदै गत बैशाख महिनायता जारी नाङ्गो गुटबन्दीकाे पराकाष्ठा हाे, जसलाई प्रचण्डकाे आड र साठगाँठमा चल्दैआएकाे विभाजन ने हाे भन्ने तथ्य स्पष्ट नै छ । र, अलग समूह बनाएर पुन: प्रचण्ड पथमा सामेल हुन जाने तयारी हाे । त्यसकै लागि प्रचण्डले आफ्नाे समुहकाे केन्द्रीय कमिटी बैठक स्थगन गरि पर्खिरहेकाे यथार्थ जगजाहेर नै छ ।
७. हिजाे नेकपामा सहमतिकाे आधारमा निर्णय गर्ने वैधानिक व्यवस्था हुँदाहुँदै बहुमतकाे नाममा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई गरेकाे चारपटक निस्कासनकाे अपमानजनक अपराध तथा आज अध्यक्ष मान्नुकाे विकल्प नै नरहेकाे असहजता र छटपटीकाे अनुभूति हाे ।
८. नेपाल राष्ट्र, नेपाली जनता, नेपाली कम्युनिस्ट आन्दाेलन, स्थिरता, विकास र समृद्धिविरूद्दकाे घात हाे ।
९. पार्टी केन्द्रीय कमिटीकाे फागुन २८ गतेकाे निर्णयकाे अवज्ञा,अनुशासनहीनता र अराजकता हाे । कार्की बैक्वेट पार्टीको भए पनि स्वघाेषित अध्यक्ष भइछाड्ने पदलाेलुपता एवं अभिनय हाे ।
१०. पार्टी पद्धति,मूल्य, मान्यता र विधानकाे बर्खिलाप कार्य हाे । फागुन २३ गते यता अर्याल हाेटलमा जारी गुटगत भेला, बैठक र समानान्तर गतिविधि ढाकछाेपकाे निम्छराे र निरूपाय काेसिस हाे । र, चैत २ गते धुम्बाराहीमा भएको छलफलमा अध्यक्षले भेला राेक्न दिनुभएको निर्देशनकाे ठाडाे अवज्ञा हाे ।
११.चैत १ गते ११ जना व्यक्तिले पार्टी अध्यक्षविरूद्द जारी गरेकाे १९ पृष्ठ लामाे पुरानाे आराेपपत्रकाे नयाँ संस्करणका आधारमा नेतृत्वलाई पुन: खुइलाउने, बदनाम गर्ने एवं कार्यकर्ता र जनतामा घृणा फैलाउने र पार्टीलाई संस्थागत प्रक्रियामा संचालन हुन नदिई अनुचित संझाैताकाे बन्धक बनाउने कुत्सित प्रयास हाे ।
१२. सरकारले गरेका जनक्षीय कामहरूमा पर्दा हालेर जनतामा भ्रम फिंजाउने र सिंगाे कम्युनिस्ट आन्दोलनकाे भविष्यमा कालाे बादल मडारिने अवस्था सिर्जना गर्ने दुष्प्रयास मात्र हाे ।
१३. पार्टीलाई केन्द्रीय कमिटीको निर्णयअनुरूप नयाँ परिवेशमा नयाँ ऊर्जाका साथ सञ्चालन गर्ने पहलकदमीमा चिसाेपानी खन्याउने र निराशा पैदा गर्ने लज्जास्पद कार्य हाे ।
१४. याे आाम जनता र कार्यकर्ताकाे आकांक्षा र अभिमतविपरितकाे क्रियाकलाप हाे। यस्ताे कार्यमा काेही कसैले आफुलाई सामेल नगराै ।
१५. त्यसैले आउनुहाेस-
विभाजन र बिखण्डनकारी तथा एकताविराेधी हर्कतहरूप्रति सचेत र सावधान हुँदै नेकपा(एमाले) र सूर्य चिन्हकाे पक्षमा स्पष्ट र एकजुट भएर अघि बढाैं !
अरू कसैकाे याेवनामा परिचालित व्यक्तिका षड्यन्त्रमूलक र जनविरोधी काेसिसहरूलाई परास्त गराैं !!
May be an image of text that says '২ नेकपा (एमाले) द्वारा आयोजित यहि चैत्र ४રሂ गते विशाल कार्येकर्ता मेला मा सहभागी बनौं भेला हने स्यान टेज ब्यान्क्वेट सानेपा हाइट ललितपर 19 बजे आयोजक नेपाल कम्यनिस्ट पार्टी एमाल केन्दिय समिति'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?