प्रिमियर लिग फुटबल : उल्भ्सलाई पराजित गर्दै लिभरपुल विजयी

लोकपथ
0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित हात पारेको छ । सोमवार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन डिएगो जोटाले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा जोटाले गोल गरेका थिए ।

Image

यस जितसँगै लिभरपुलले २९ खेलमा ४६ अंक जोडेको छ । लिभरपुल लिगको छैटौं स्थानमा रहेको छ । उल्भ्स ३५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?