काठमाडौँ- बलिउडका चर्चित अभिनेता आमिर खानले सामाजिक सञ्जाल छाड्ने घोषणा गरेका छन् ।
अभिनेता खानले सोमबार सामाजिक सञ्जाल प्रयोग नगर्ने औपचारिक घोषणा गरेका हुन् । जन्मदिनको अवसरमा शुभकामना दिने सबैलाई आफ्नो इन्स्टाग्राममा सम्बोधन गर्दै उनले यो नै सामाजिक सञ्जालका लागि अन्तिम पोस्ट भएको बताएका छन् । जन्मदिनको शुभकामना दिने प्रशंसक र शुभेच्छुकहरुलाई धन्यवाद दिन गरेको पोष्टमा उनले यही पोस्टलाई अन्तिम भनेका छन् ।
उनले यस्तो घोषणा गरे पनि आमिर खान प्रोडक्सनले नयाँ ट्वीटर ह्यान्डल लन्च गरेको छ । आमिरको यही ह्यान्डलले उनको बारेमा जानकारी गराउने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया