‘दुर्घटनालाई रोकौं, भावि पुस्तालाई जोगाऔं’- योगेश भट्टराई

काठमाडौँ- नेकपा एमालेका नेता योगेश भट्टराईले सम्भावित दुर्घटना रोक्न शीर्ष नेताहरूलाई आग्रह गरेका छन् ।

एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपाल समूहबीच संवाद हुनु राम्रो भएको बताउंदै नेता भट्टराईले अब सबैले सकारात्मक पहल थाल्नुपर्ने उल्लेख गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘टुटेको संबाद जोडीनु राम्रो हो । सबैले सकारात्मक पहल गरौ । संभावित दुर्घटनालाई रोकौ । भावि पुस्तालाई जोगाउँ ।’

तीन महिनाको अन्तरविरोधपछि सोमवार प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच वार्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?