काठमाडौँ- आज देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव कायमै छ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। देशको पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । बाँकी प्रदेशहरूमा मौसम सफा रहने बताइएको छ।
चैत्र ४ गते
दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
चैत्र ५ गते
दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया