काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्न लागेको हो ।
बैठकका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकले सम्भावित कार्यसूची तय गरेको छ । तत्कालीन संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ। आजको बैठकमा सभामुख उपस्थित नभएका बेला सभाको अध्यक्षता गर्ने प्यानलमा रहने सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची पनि रहेको छ।
सरकारले अध्यादेश पेश गर्ने लगायत विजनेश नदिएकोले आज लामो समय प्रतिनिधि सभा बैठक नबस्ने भएको छ। पुनर्स्थापित संसदको यो तेस्रो बैठक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया