काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हानमा आज (मंगलवार) शीतल निवासमा सर्वदलीय बैठक बस्दैछ ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्न लागेको हो । दिउँसो ४ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु सहभागी हुनेछन् ।
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।
दलहरूबीच बढ्दै गइरहेको असन्तुष्टि, सत्तारुढ दल एमाले विभाजन उन्मुख भएको अवस्था र सत्ता समीकरण सङ्घर्षकाबीच बस्न लागेको यो बैठकलाई महत्त्वकासाथ हेरिएको छ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि राजनीतिक दलबीच तिक्तता बढेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया