अरुको नेतृत्वमा कांग्रेस सरकारमा जाँदैन : नेता आङ्देम्बे

खोटाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले कांग्रेस अरुको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने बताएका छन् ।

पार्टी अनुशासन समितिका संयोजकसमेत रहेका नेता आङ्देम्बेले मुलुकमा सिर्जना भएको पछिल्लो राजनीतिक गतिविधिका कारण केपी शर्मा ओली नेतृत्वको सरकार सङ्कटमा परेको र दलहरुबीच नयाँ सरकार गठनका लागि छलफल भइरहेपनि काँग्रेस अन्य पार्टीको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने बता्एका हुन् ।

नेपाल प्रेस युनियन खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले सरकारमा जान हतार नगर्ने पनि स्पष्ट पारे । “पाँच वर्षसम्म प्रतिपक्षमा बस्ने जनताले म्यान्डेट दिएको छ”, उनले भने, “देशमा सङ्कट उत्पन्न भएको खण्डमा देशलाई निकाश दिनका लागि कांग्रेसले सरकारको नेतृत्व लिनेछ ।”

नेता आङ्देम्बेले सरकारको नेतृत्व गरिरहेका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लाई सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को रुपमा छुट्टयाएपछि वर्तमान राजनीतिक सङ्कट गहिरिएको बताए । “सङ्कट टार्न काँग्रेसले भूमिका खेल्नु पर्ने बाध्यता आइपरेको छ”, उनले भने, “यसका लागि कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गरेर अगाडि बढिनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?