डिशहोममा मोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ सञ्चालनमा

काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले नयाँ र मोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ सञ्चालन गरेको छ ।

कार्यक्रम कमेडी क्याफे गत फागुन २२ गते देखी DishHome को Reality Tv Channel no १०२ मा हरेक शनिवार बेलुकी ७ बजे प्रशारण भईरहेको छ ।

विविध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीतसँगै फोन मार्फत सेलिव्रेटी, कलाकार र अन्य व्यक्तिहरुलाई एचबलप कल गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्न सक्ने डिशहोमले जनाएको छ ।

हाँस्य टेलिशृंखलामा माने र रेन्बो सोल्टा नाम मार्फत परिचित कलाकार सुजित थापा क्षेत्री र राजु भुजेलले विभिन्न चरित्र बनी फोन उठाउने ब्यतिलाई प्र्यांक गर्छन ।

यस कार्यक्रम मार्फत डिशहोमका दर्शकले भरपुर मनोरञ्जन लिने विश्वास कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?