पशुपतिमा सुनको जलहरी राख्ने निर्णयमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने निर्णय विरुद्ध परेको रिटमा सर्वोच्चले सोमवार अस्विकार गरेको हो ।

बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नितिका ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेका थिए ।

नेपालको संविधान, कानूनको मर्म र भावनाविपरीत सरकारले सुनको जलहरी राख्ने काम गरेको र अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा बिथोल्ने काम गरेको भन्दै सरकारको उक्त निर्णयविरुद्ध रिट परेको थियो ।

सोमवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ‘अन्तरिम आदेश जारी नहुने’ आदेश गरेका हुन् ।

त्यस्तै उक्त मुद्धामा आगामी सोमवार सुनुवाई हुनेगरी पेशी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?